रुपन्देहीमा राष्ट्रिय भलिबल सुरु, विजेतालाई एक लाख • Image Khabar Image Khabar


रुपन्देहीमा राष्ट्रिय भलिबल सुरु, विजेतालाई एक लाख


Imagekhabar
२० चैत्र २०७२, शनिबार १४:१४

रुपन्देहीमा राष्ट्रिय भलिबल सुरु, विजेतालाई एक लाख

बुटवल, चैत २० । नेकपा एमालेका नेता स्वर्गीय रामनाथ ढकालको स्मृतिमा शनिबारदेखि रुपन्देहीमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।

एमाले रुपन्देही क्षेत्र नम्बर–५ को आयोजनामा प्रतियोगितामा सालझन्डीको पशुपति उच्च माविको मैदानमा खेल सुरु भएको हो ।

प्रतियोगिताको एमाले नेता शंकर पोखरेलले उद्घाटन गरे । प्रतियोगितामा तीन विभागीयसहित ६ टिम सहभागी छन् ।

प्रतियोगिता विजेताले १ लाख १ हजार १ सय र उपविजेताले ५१ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

एमालेका पोलिटब्यूरो सदस्य तथा क्षेत्र नम्बर–५ रुपन्देहीका पूर्वसांसद ढकालको स्वाइनफ्लुका कारण गत चैत २२ गते काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्