३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


नेपाल–भारत मैत्री बस संचालनले सम्बन्ध सुध्रिएला ?


0
Shares

कञ्चनपुर, चैत २१ । नेपालको संविधान निर्माणमा भारतले असन्तुष्टि जनाउँदा दुई देशबीचको शदीयौं लामो सम्बन्धमा तुषरापात भयो । अझै पनि राजनीतिक सम्बन्ध दुरुस्त भैसकेको छैन ।

तर जनस्तरमा भने त्यो सम्बन्ध हार्दिक बनाउने प्रयास सुरु गरिएका छन् । यसैको पहलस्वरुप पश्चिम नेपालको कञ्चनपुर महेन्द्रनगरदेखि दिल्लीका लागि नेपाल–भारत मैत्री बस सेवा सुरु गरिएको छ ।

नेपाल र भारतका यातायात व्यवसायीको संयुक्त पहलमा महेन्द्रनगर–दिल्ली नेपाल–भारत मैत्री बस सेवा थालिएपछि दिल्ली जाने यात्रुलाई सहज त भएकै छ, त्यस अलवा सीमा क्षेत्रमा हुने लुटपाटका घटनामा समेत कमी आएको छ

महेन्द्रनगर दिल्ली बस सेवा संचालन भएपछि महेन्द्रनगर हुंदै भारतको दिल्ली जाने यात्रु खुशी भएका छन् भने नेपालबाट भारतका अन्य ठाउंमा पनि यस्ता बस संचालन गर्न उनीहरु सुझाउँछन् ।

रोजगारीका लागि भारत जाने नेपाली घर फर्कदा भारतीय सीमा क्षेत्रमा लुटिने गरेका छन् । सीमा नाकामा हुने यस्ता लुटपाटका घटनामा अधिकांश नेपालीलाई खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएर लुटिन्थ्यो ।

तर, महेन्द्रनगर दिल्लीका लागि संचालन भएको नेपाल भारत मैत्री बस सेवाले नेपालीका लागि दिल्लीसम्मको यात्रा सुरक्षित पनि बनाइदिएको हो । यसले रोजगारीबाट दुःख गरेर कमाएको रकम सुरक्षित आफ्नो घरसम्म पु¥याउन र लुटिनबाट जोगिन सक्ने यात्रुहरु बताउँछन ।

नेपालबाट भारतको राजधानी दिल्लीको दूरी ३ सय ५० किलोमिटर छ । त्यसैले यस क्षेत्रका स्थानीय बासिन्दा पढाइ, रोजगारी लगायतका कामका लागि दिल्ली जाने गर्दछन् ।

नेपाल भारत मैत्री बस संचालनले यात्रुका लागि सहज बनाए पनि मानव बेचविखनविरुद्ध काम गर्नेहरुका लागि भने चुनौती थपी दिएको छ । बस सेवालाई दुरुपयोग गर्दै मानव वेचविखनमा संलग्न दलालहरुले मानव तस्करी बढाउन थालेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टको भनाइ छ ।