Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भारतमा कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि


0
Shares

काठमाडौं । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ ।

नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।

जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोरोना सङ्क्रमणबाट निधन भएका बस्नेतको शवलाई नेपाल पठाउन समस्या भएपछि दिल्लीमै अन्त्येष्टि गरिएको जानकारी दिए ।

“दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो”, अध्यक्ष पाण्डेले भने ।

शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो ।

जेठ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतको कोरोना पुष्टि भएको थियो । रासस