व्यवसायी रेग्मीको हत्याका मुख्य योजनाकार पक्राउ • Image Khabar Image Khabar


व्यवसायी रेग्मीको हत्याका मुख्य योजनाकार पक्राउ


Imagekhabar
२१ चैत्र २०७२, आईतवार ०७:०६

व्यवसायी रेग्मीको हत्याका मुख्य योजनाकार पक्राउ

पाँचथर, चैत २१ । पाँचथरको रवि वजारका ब्यवसायी दिनेश रेग्मीको हत्यामा संलग्न मुख्य योजनाकार मिन बहादुर विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

उनलाई महानगरीय प्रहरी अपराधमहाशाखा काठमाडौकोको सहयोगमा पक्राउ गरी पाँचथर लगिएको प्रहरीले जानकारी गराएको छ ।

घटनामा अर्को एक ब्यक्ति पनि संलग्न रहेकोले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

आफुले रेग्मीको सुनचाँदी पसलमा राखेको सुनको धरौटी तिर्न नसकेपछि सहयोगीको साथमा यही चैत्र १ गते विश्वकर्माले रेग्मीको कंचटमा ह्याम्बर प्रहार गरी डोरीले वाँधेर हत्या गरेको प्रहरीले जानकारी गराएको छ ।
हत्या गरी उनीहरुले शव इलाम फुयातप्पा–५ मा फालेको अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्