सागमा पदक जित्ने तेक्वान्दो खेलाडी सम्मानित • Image Khabar Image Khabar


सागमा पदक जित्ने तेक्वान्दो खेलाडी सम्मानित


Imagekhabar
२२ चैत्र २०७२, सोमबार ११:४४

सागमा पदक जित्ने तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं, चैत २२ । नेपाल तेक्वान्दो संघले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता तथा सहभागी नेपाली तेक्वान्दो खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

संघले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी भारतमा गत महिना सम्पन्न १२औं सागमा पदक जित्ने तेक्वान्दो खेलाडी, व्यवस्थापक र प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।

प्रतियोगितामा तेक्वान्दोमार्फत् नेपाललाई रजतपदक दिलाउने खेलाडीहरु वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाइँ, नीमा गुरुङ, ज्ञानी चुनारा र आयशा शाक्यलाई संघले जनही १७ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

यस्तै, कास्यपदक विजेता खेलाडीहरु सुनील पौडेल, निश्चलमान श्रेष्ठ र रामहरि महतलाई जनही १० हजार रुपैयाँ प्रदान गरियो ।

भारतको गुवाहाटी र सिलोङमा भएको १२औं सागमा १३ जना नेपाली तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएका थिए ।

जसमा ७ जनाले रजतपदक र ३ जनाले कास्यपदक जित्दा ३ जनाले पदक हात पार्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्