इन्डो–नेपाल महिला क्रिकेटमा इन्डिया वुमनको विजयी सुरुआत • Image Khabar Image Khabar


इन्डो–नेपाल महिला क्रिकेटमा इन्डिया वुमनको विजयी सुरुआत


Imagekhabar
२२ चैत्र २०७२, सोमबार १२:२८

इन्डो–नेपाल महिला क्रिकेटमा इन्डिया वुमनको विजयी सुरुआत

काठमाडौं, चैत २२ । राजधानीमा सोमबारदेखि सुरु भएको पहिलो इन्डो–नेपाल महिला क्रिकेट प्रतियोगितामा अल इन्डिया वुमन क्रिकेट एसोसियसनले विजयी सुरुआत गरेको छ ।

ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा नेपालको राइजिङ क्रिकेट फर वुमन क्लबलाई १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै अल इन्डिया क्रिकेट एसोसियसनले जित हासिल गरेको हो ।

आगामी शुक्रबारसम्म सन्चालन हुने प्रतियोगितामा आयोजक राइजिङ क्रिकेट क्लब र अल इन्डिया क्रिकेट एसोसियसनकासाथै सशस्त्र प्रहरी बलको एपीएफले प्रतिस्पर्धा गर्नेछन् ।

राइजिङ क्रिकेट फर वुमन क्लबले नेपाली महिला क्रिकेट खेलाडीहरुको स्तरबृद्धि र अन्तर्राष्ट्रिय खेलका लागि नेपाली राष्ट्रिय महिला टोलीलाई तयार राख्नका लागि भन्दै प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्