सशस्त्रलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा • Image Khabar Image Khabar


सशस्त्रलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा


Imagekhabar
२२ चैत्र २०७२, सोमबार १२:४०

सशस्त्रलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

झापा, चैत २२ । थ्रीस्टार क्लब झापामा जारी रमपम झापा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको टिमलाई १–० ले हराउँदै थ्रीस्टारले सेमिफाइनलको यात्रा तय गरेको हो ।

८७औं मिनेटमा विदेशी खेलाडी सेगुनले गरेको गोल नै खेलमा निर्णायक बन्न पुग्यो ।

थ्रीस्टारका निराजन खड्का खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगितामा भारतका दुईसहित १० ओटा टिमको सहभागिता रहेको छ ।

मंगलबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लब र रुपन्देही–११ आमने–सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्