Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


इटालियन ओपन टेनिसको उपाधि नाडाललाई


0
Shares

काठमाडौं, जेठ ६ । स्पेनिस खेलाडी रफाईल नाडालले यस वर्षको इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

गएराति भएको फाइनलमा विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

रोममा भएको खेलमा नाडाल ६–०, ४–६ र ६–१ को सेटमा विजयी भए । नाडालको यो उपाधि क्ले कार्टमा वर्षको पहिलो उपाधि हो । रोममा नवांै पटक च्याम्पियन बनेका उनले समग्रमा ३४ औं मास्टर्स उपाधि जितेका हुन् ।

उपाधिसँगै नाडालले आसन्न फ्रेन्च ओपन टेनिसको लागि बलियो दावेदारी दिएका छन् ।