१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


बिस्केट जात्रामा रथको रुट छोट्याइयोे, मदिरा पसल बन्द, सीसी क्यामेरा जडान (भिडियो रिपोर्ट)


0
Shares

जयराम बास्तोला

भक्तपुर, चैत २३ । साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा यही चैत २७ गतेबाट सुरु हुँंदैछ ।

तर यो वर्ष भूकम्पको कारण जीर्ण बनेका घरहरुका कारण जात्रा प्रभावित हुने भन्दै रथको रुट छोट्याइएको छ ।

नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामकासाथ मनाउने गरिन्छ ।

यो वर्ष पनि चैत २७ गतेबाट बिस्केट जात्रा सुरु हुँदैछ । भक्तपुरको तौमडीबाट भैरवको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गतेसम्म मनाइने छ ।

तर, यो वर्ष भूकम्पका कारण जीर्ण बनेका घर र ती घरमा लगाइएको टेकोका कारण भैरव र भद्रकालीको रथजात्रा जोखिमपूर्ण हुनेसक्ने भन्दै रथको रुट छोट्याइएको छ ।

जात्रासँग सम्बन्धित व्यक्ति र सुरक्षा निकायका प्रमुखहरुको बैठकले जात्रालाई सभ्य र सुरक्षित बनाउन रथको रुट परिवर्तन गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

बिस्केट जात्रामा यो वर्ष पहिलोपटक प्रहरीको ‘क्विक रेस्क्यु’ टोली खटाइने भएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।