
गोरखा, चैत २३ । गोरखाको थुमी गाविस आर्खेत बजारनजिकै बूढीगन्डकीमा डुबेर एकजनाको मृृत्यु भएको छ भने अरु दुईजना बेपत्ता भएका छन् ।
घर बनाउन नदीमा बालुवा लिन गएका थुमी–९ का बेदबहादुर थापा मगरको डुबेर ज्यान गएको हो ।
आर्खेत बजारनजिकै बालुवा निकाल्नेक्रममा मंगलबार बिहान साढे १० बजेतिर थापालाई नदीले बगाएको स्थानीयले बताए ।
नदीमा बगेका बेदबहादुरलाई बचाउन नदीमा पसेका सोही स्थानका पूर्णबहादुर आले र टिकाबहादुर आले बेपत्ता भएको छन् ।
नदीमा बेपत्ता भएका दुईजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्