१३ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025


लमजुङमा यात्रुबस दुर्घटना, १८ जना घाइते


0
Shares

लमजुङ, चैत २३ । लमजुङको उदिपुरस्थित दलाल भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सुन्दरबजारको खत्रीठाँटीबाट सदरमुकाम बेसीसहरतर्फ आउँदै गरेको ध१ख १७१ नम्बरको यात्रुबस मंगलबार बिहान भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेमध्ये राइनास नगरपालिका–१३ का ४० वर्षीय देउमाया गुरुङ र बाहुनडाँडाका १८ वर्षीय बसका सहयोगी विनोद घिमिरेको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका बसका चालक मनोज गुरुङले स्टेरिङ नघुम्दा दुर्घटना भएको बताएका छन् ।