
रौतहट, चैत २४ । एसएलसी परीक्षाको छैटौं दिन रौतहटको जनता उच्च माध्यमिक विद्यालय कटरिया केन्द्रबाट निरीक्षक नै पक्राउ परेका छन् ।
परीक्षा निरीक्षककोरुपमा खटिएका कटहरिया स्वास्थ्यचौकीमा कार्यरत् शंकरप्रसाद यादवलाई चिट चोराउँदै गर्दा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य विषयको परीक्षा दिइरहेकी आफ्नी छोरीलाई चिट चोराउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुकुमार जैयसवाल नेतृत्वको अनुगमन टोलीले उनलाई पक्राउ गरेको हो ।
यादवलाई परीक्षा नियमावलीअनुसार कारबाही गर्ने जिल्ला शिक्षा अधिकारी हरि ओस्तीले बताए ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्