
प्रज्ञा तिमल्सिना/नवीन स्थापित
काठमाडौं, चैत २४ । स्वास्थ्य मन्त्रालयले रोग लागेर उपचार नै गराउन नसक्नेहरुलाई सहयोग गर्ने उद्देश्यले सन्चालन गरेको कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वास्थ्य मन्त्रालयले उपचारमा सहयोग गर्ने व्यवस्था भएपनि गरिब जनतासम्म यो सेवा नपुगेको मन्त्रालयकै अधिकारीहरुले स्वीकारेका छन् ।
हात्तीपाइले रोग लागेपछि वीर अस्पताल अगाडि चार वर्षदेखि मागेर जीविका चलाइरहेका छन्, बाग्लुङका पर्शुराम खड्का ।
परिवारबाट अपहेलित पर्शुराम उपचारका लागि वीर अस्पतालसम्म आए र तीन महिनासम्म बेडमै रहेर उपचार पनि गरे ।
तर, अस्पतालले थप उपचार गर्न नसक्ने जनाएपछि उनी सडकपेटीमा मागेर जीविका चलाइरहेका छन् ।
यस्तै, अर्का ७० वर्षीय पूर्णबहादुर लामा पनि मिर्गौला रोगबाट पीडित छन् । आर्थिक अवस्था कमजोर भएका कारण पूर्णबहादुरले थप उपचार गर्न सकेनन् र सडकमा मागेर जीविका चलाउन थाले ।
उपचारका लागि परिवारबाट सहयोग नपाएका पूर्णबहादुर सरकारबाट सहयोग पाउनेमा त रत्तिभर आशा राख्दैनन् ।
तर, अब गरिबीका कारण उपचार गर्न नसक्नेहरुलाई सरकारले निःशुल्क वा भारी छुटमा उपचार गराउने व्यवस्था गरेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्