
काठमाडौं, चैत २४ । नेपाली सेनाका पूर्वप्रधानसेनापति गडुल शम्शेर जबराको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ ।
वि.सं २०११ सालमा नेपाली सेनामा प्रवेश गरेका गडुल शम्शेर २०४८ साल जेठ १ गते प्रधानसेनापतिमा नियुक्त भएका थिए ।
वि.सं. २०५२ सालमा सेवानिवृत भएका उनले २०३१ सालमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनामा गणपतिकोरुपमा जिम्मेवारी पूरा गरेका थिए ।
स्वर्गीय गडुल शम्शेरको पार्थिव शरीरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रद्धान्जलि दिए । उनको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्