हिरोको ड्युएट स्कूटर नेपाली बजारमा • Image Khabar Image Khabar


हिरोको ड्युएट स्कूटर नेपाली बजारमा


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार ०१:१९

हिरोको ड्युएट स्कूटर नेपाली बजारमा

काठमाडौं, चैत २५ । हिरो मोटोकर्पको पछिल्लो उत्पादन ड्युएट स्कूटर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ्गले १ सय ११ सीसीको मेटल बडि स्कूटर भित्र्याएको हो ।

स्कूटरको बजार मूल्य भ्याटसहित १ लाख ७१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ड्युएटको खरिदमा ५ वर्षको वारेन्टी, नौ पटकसम्म फ्री सर्भिसिङ्ग, इन्जीन आयलमा ३० प्रतिशत छुटसहित फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्