१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


काठमाडौंमा घोडेजात्रा सम्पन्न (भिडियो)


0
Shares

काठमाडौं, चैत २५ । काठमाडौं उपत्यकामा विहीबार घोडेजात्रा पर्व मनाइएको छ । हरेक वर्ष चैत्र कृष्णऔंसीका दिन घोडेजात्रा पर्व मनाउने चलन छ ।

घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको थियो ।

घोडेजात्राकै अवसरमा नेपाली सेनाका जवानले शारीरिक घोडादौड प्रतियोगिता, साइकल दौड प्रतियोगिता, अश्वकला, र युद्धकलाको प्रदर्शन गरेका थिए ।

सो अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका प्रतियोगीहरुलााई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार वितरण गरे ।

प्रतियोगिता हेर्नका लागि विभिन्न दलका नेताहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैदिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको किंवदन्ती छ ।

यसैबीच, बुधबारदेखि सुरु भएको नेवार समुदायको पाहाँचह्रे पर्वको दोस्रो दिन विहीबार २ वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ ।

८४ ब्यञ्जनसहतिको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ ।

भिडियो हेर्नुहोस्ः