पनामा पेपर्स खुलासाः पनामाले अन्तर्राष्ट्रिय प्यानल खडा गर्ने • Image Khabar Image Khabar


पनामा पेपर्स खुलासाः पनामाले अन्तर्राष्ट्रिय प्यानल खडा गर्ने


Imagekhabar
२५ चैत्र २०७२, बिहीबार १२:३०

पनामा पेपर्स खुलासाः पनामाले अन्तर्राष्ट्रिय प्यानल खडा गर्ने

काठमाडौं, चैत २५ । पनामाको ‘मोस्याक फोन्सेका’ ल कम्पनीका गोप्य दस्तावेज चुहावट भएपछि पनामाले आफ्नो वित्तीय उद्योगको पारदर्शीता सुधारमा सहयोगका लागि अन्तर्राष्ट्रिय प्यानल खडा गर्ने भएको छ ।

पनामाका राष्ट्रपति जुआन कार्लोसले फोन्सेकाको चुहावटसँग मुछिएका मुलुकहरुसँग मिलेर काम गर्ने बताएका छन् ।

राष्ट्रपति कार्लोसले विदेशमन्त्रीमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित स्वतन्त्र समिति गठन गरिने बताए ।

१ करोड १० लाख गोप्य दस्तावेज चुहावटमा विश्वका शक्तिशाली व्यक्तिहरुको नामसमेत मुछिएको छ ।

फोन्सेकाको सहयोगी पनामानियन ल फर्मले आफ्नो दस्तावेज ह्याकको शिकार भएको जनाएको छ ।

सन्चारमाध्यमले अनधिकृतरुपमा आफ्नो गोप्यता चुहाएको कम्पनीको आरोप छ ।

त्यसमा मुछिएकाहरुले पनि बचाउको प्रयाससमेत उक्त फर्मले गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्