१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


बाँकेमा आगलागी, ७ घर जलेर नस्ट


0
Shares

नेपालगन्ज, चैत २५ । बाँकेको खासकुश्मा गाउँ विकास समिति वडा नम्बर–१ कुसुममा भीषण आगलागी भएको छ ।

विहीबार दिउँसो पौने २ बजे स्थानीय दिनेश बानियाँको घरबाट सल्केको आगो तीन घन्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट बजारका ७ ओटा घर जलेर नस्ट भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र नेपालगन्ज नगरपालिकाको दमकलको सहायतमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

घटनास्थल नेपालगन्जबाट झन्डै ६८ किलोमिटर टाढा पर्दछ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी नै छ ।