१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


धुन्चे बजारको अनुगमन


0
Shares

रसुवा, चैत २६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले शुक्रबार रसुवा सदरमुकाम धुन्चे बजारको अनुगमन गरेको छ ।

विभागका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीको टोली तथा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी शंकास्पद लागेका केही सामग्री नियन्त्रणमा लिएको छ ।

खुर्सानी, बेसारको धुलो, वनस्पति घ्यू, सूर्यमुखी तेल, ससलगायतका खाद्य सामग्रीहरु नियन्त्रणमा लिइ परीक्षणका लागि काठमाडौं लगिएको छ ।

अधिकांश खाद्यपदार्थ म्याद सकिनै लागेको पाइएको अनुगमन टोलीले जनाएको छ ।