
काठमाडौं, चैत २६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा प्रणाली अनुसन्धानमुखी र प्रयोगात्मक नहुँदा शिक्षा क्षेत्रको लगानीले अपेक्षित परिणाम दिन नसकेको बताएका छन् ।
विद्यालय शिक्षक किताबखानाको १९औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले शिक्षकहरुका माग राज्यले पूरा गर्नुपर्ने र शिक्षकहरुले पनि गुणस्तरीय शिक्षामै जोड दिनुपर्ने बताए ।
सो अवसरमा सेवानिवृत्त ९ जना शिक्षकलाई परिचयपत्र वितरण गर्दै देशभरकै सेवानिवृत्त शिक्षकहरुलाई परिचयपत्र दिने कार्यक्रमको सुरुआत गरियो ।
विद्यालय किताबखानाले १ लाख ७ हजार ८ सय ६० जना शिक्षकको अभिलेख राखेको जानकारी कार्यक्रममा दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्