२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सिन्धुलीमा आगलागी, ३७ घर जलेर नस्ट


0
Shares

सिन्धुली, चैत २६ । सिन्धुलीको भुवनेश्वरी गाउँ विकास समितिको वडा नम्बर १, ७ र ९ मा शुक्रबार आगलागी हुँदा ३७ घर जलेर नस्ट भएका छन् ।

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीबाट भुवनेश्वरी गाविसको थाँग्रे, मुर्गी र कात्तिके गाउँका दलित बस्तीका ३७ घर–गोठ जलेर नस्ट भएका हुन् ।

आगलागीबाट भएको क्षतिको पूर्णविवरण भने आउन बाँकी छ ।