
वीरगन्ज, चैत २६ । अर्थमन्त्री विष्णु पौडेलले सरकार हदैसम्म लचिलो बनेर मधेसको समस्या समाधान गर्न तयार रहेको बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघको साधारणसभामा शुक्रबार बोल्दै अर्थमन्त्री पौडेलले अबको समय आर्थिक समृद्धिको भएको भन्दै आन्दोलनको नाममा विकासको वातावरण नबिगार्न आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष पशुपति मुरारकाले कालोबजारीको नाममा व्यापारीहरुलाई दुःख दिने काम भइरहेको गुनासो गरे ।
यस्तै, वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियोले बन्द र नाकाबन्दीबाट धरासायी भएको बारा, पर्साको उद्योग–व्यापारले भोगेको कठीनाइबारे सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्