फेल्ट उद्योग संघमा फेरि नरेशलाल श्रेष्ठ • Image Khabar Image Khabar


फेल्ट उद्योग संघमा फेरि नरेशलाल श्रेष्ठ


Imagekhabar
२६ चैत्र २०७२, शुक्रबार १४:२०

फेल्ट उद्योग संघमा फेरि नरेशलाल श्रेष्ठ

काठमाडौं, चैत २६ । नेपाल फेल्ट उद्योग संघमा पुनः नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको राजधानीमा सम्पन्न सातौं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा अमृत खडका, कोषाध्यक्षमा महेश्वर श्रेष्ठ, सचिवमा अमोध धारम्वा चुनिएका छन् ।

संघले वार्षिक १ अर्ब बराबरको फेल्टका उत्पादन निर्यात् हुँदै आएको जनाएको छ ।

नेपालमा खुलेका सयभन्दा बढी फेल्ट उद्योगमा ५० हजारभन्दा बढिले रोजगारी पाइरहेको संघले जनाएको छ ।

संघले फेल्ट उत्पादनको गुणस्तर बढाउन अन्तर्राष्ट्रियस्तरको ल्याब आवश्यक रहेको भन्दै सहयोगका लागि सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्