आपूर्तिमन्त्रीले संसद समितिलाई बेवास्ता गरे : उद्योग समिति • Image Khabar Image Khabar


आपूर्तिमन्त्रीले संसद समितिलाई बेवास्ता गरे : उद्योग समिति


Imagekhabar
२६ चैत्र २०७२, शुक्रबार १४:२९

आपूर्तिमन्त्रीले संसद समितिलाई बेवास्ता गरे : उद्योग समिति

काठमाडौं, चैत २६ । व्यवस्थापिका–संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आपूर्तिमन्त्री गणेशमान पुनले समितिलाई बेवास्ता गरेको ठहर गरेको छ ।

मन्त्री पुनले समितिको बैठकमा तेस्रोपटक पनि उपस्थित नभएपछि समितिले तीव्र आलोचना गरेको हो । शुक्रबार बसेको बैठकमा मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।

समिति सभापति भिष्मराज आङ्दम्बेले मन्त्रीको व्यवस्तताभन्दा समितिमा हुने छलफल बढी महत्वपूर्ण हुने भन्दै मन्त्रीको अनुपस्थितिप्रति ध्यानाकर्षण गराए ।

उनले समितिले मन्त्रीलाई पठाएको पत्रको पनि उचित कदर नगरेको भन्दै सचिवमार्फत् मन्त्रीको ध्यानाकर्षण गराए ।

शुक्रबारको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणका बेला भएका वाणिज्य र व्यापार सन्धिलगायतका विषयमा छलफल गर्ने कार्यसूची थियो ।

तर, मन्त्री उपस्थित नभएपछि सचिवले उक्त विषयका विषयमा समितिलाई जानकारी गराएका थिए ।

सांसदहरुले तातोपानी नाका खोल्ने विषयमा भइरहेको पहलबारे जिज्ञासा राखेका थिए ।

सचिव उपाध्यायले तातोपानी नाका खोल्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको भन्दै कूटनीतिक माध्यमबाट पनि पहल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्