ब्ल्याङकेटभित्र लागूऔषध, तीनजना पक्राउ • Image Khabar Image Khabar


ब्ल्याङकेटभित्र लागूऔषध, तीनजना पक्राउ


Imagekhabar
२७ चैत्र २०७२, शनिबार ११:५३

ब्ल्याङकेटभित्र लागूऔषध, तीनजना पक्राउ

हेटौंडा, चैत २७ । हेटौंडा–वीरगन्ज सडकखन्डको रातोमाटे चेकपोस्टमा यात्रुबहाक बस चेकजाँचकाक्रममा लागूऔषध बरामद भएको छ ।

प्रहरीले लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा सोही बसमा सवार नेपालगन्ज नगरपालिका–१२ का सुरेश शाहीलाई पक्राउ गरेको छ ।

ब्ल्याङकेटभित्र राखेर लगिरहेको अवस्थामा प्रहरीले डाइजेपाम, ब्युप्रिनोर्पिmन, फेनार्गनलगायतका लागूऔषध बरामद गरेको हो ।

पक्राउ परेका शाहीको बयानको आधारमा लागूऔषधको अवैध कारोबार गर्ने काठमाडौं, टेकुका राजु शाही र तनहुँ, बन्दीपुरका अजितकुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्