‘फर्निचर तथा फर्निसिङ श्रमिकहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने’ • Image Khabar Image Khabar


‘फर्निचर तथा फर्निसिङ श्रमिकहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने’


Imagekhabar
२७ चैत्र २०७२, शनिबार १४:१९

‘फर्निचर तथा फर्निसिङ श्रमिकहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने’

काठमाडौं, चैत २७ । नेपाल फर्निचर तथा फर्निसिङ संघले सरकारले तोकेको न्यूनतम पारिश्रमिक श्रमिकहरुले पाउनुपर्ने जनाएको छ ।

संघको शनिबार राजधानीमा सम्पन्न १६औं वार्षिक साधारणसभामा अध्यक्ष कविन्द्र जोशीले फर्निचर तथा फर्निसिङ क्षेत्रका श्रमिकहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताएका हुन् ।

उनले फर्निचरको रिटेल आउटलेटहरु बढ्ने भएकोले व्यवसायीहरु भ्याटको समस्यामा परेको बताए ।

सरकारले सबै फर्निचर व्यवसायीहरु भ्याटमा दर्ता हुनुपर्ने निर्णय गरेपनि प्यानमा दर्ता गरिदिएकाले समस्या भोग्नुपरेको उनको भनाइ थियो ।

यस्तै, संघले आगामी भदौमा फर्निचर तथा फर्निसिङसम्बन्धी ‘फर्नेक्स नेपाल २०१६ प्रदर्शनी’ गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्