काठमाडौं, जेठ ५ । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले यो वर्षको एफए कप फुटबलको उपाधि जितेको छ ।
अघिल्लो हप्तामात्रै लिगको उपधि जितेको म्यानसिटीले शनिबार राति भएको खेलमा वाट्फोर्डलाई ६–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको हो ।
सिटीको जितमा राहिम स्टर्लिङ र ग्याब्रिएल जिससले २/२ गोल गर्दा डेभिड सिल्भा र केभिन डे ब्रायनले १/१ गोल थपे ।
योसँगै सिटीले एकै सिजनमा तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजनमा इंग्ल्यान्डका तीन घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ ।
यसअघि, सिटीले यो सिजनको प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ ।








प्रतिक्रिया दिनुहोस्