२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी इनिस्पेक्टरको मृत्यु


0
Shares

धादिङ, चैत २८ । धादिङको मलेखुमा आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन घर भइ हाल आदामघाटमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठकको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना ख ८७३२ नम्बरको ट्रकले पाठक चढेको बा६१प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका पाठकको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानाएको छ ।

दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।