दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु • Image Khabar Image Khabar


दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ००:४१

दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

मलेखु, चैत २८ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–१ मलेखुमा आइतबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ८७३२ नम्बरको ट्रकले बा६१प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन घर भई आदमघाटस्थित राजमार्ग सुरक्षा सशस्त्र प्रहरी क्याम्पमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाठकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्