३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


बाघको छालासहित तीन जना पक्राउ


0
Shares

नवराज छत्कुली

धादिङ, जेठ ५ । बाघको छालासहित धादिङको गल्छीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गल्छी गाउँपालिका–७, गल्छीबजारमा रहेको हाम्रो होटलबाट शुक्रबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले एक थान बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला बिदुर नगरपालिका–३ बस्ने वर्ष ३१ वर्षीय सुमन दर्जी, सोही ठाउँका ४५ वर्षीय विष्णु बहादुर सुनार र ४१ वर्षीय कुमार खड्का छन् । 

पक्राउ गरिएका व्यक्तिलाई जिल्ला वन डिभिजन कार्यालय धादिङमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।