
काठमाडौं, चैत २९ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र महानगरीय अपराध महाशाखाबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विभागका तर्फबाट महानिर्देशक दामोदर रेग्मी र महाशाखाका तर्फबाट महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै सूचनाहरु आदान–प्रदान गर्ने, यससम्बन्धी वित्तीय लगानीका जोखिमका क्षेत्रहरु पहिल्याइ सोको निवारणका लागि आफ्ना कर्मचारीहरुलाई सक्षम गराउँदै आवश्यक्तानुसार परिचालन गर्नेलगायतका विषयमा पाँच बुँदे समझदारी भएको विभागले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्