३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने


0
Shares

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा सरकारको ६ महिनाको उपलब्धी र आगामी दिनको योजनाका विषयलाई समेट्ने बताइएको छ ।

ओली प्रधानमन्त्री बनेको चैत २५ गते ६ महिना पूरा भएको छ । संविधान जारी भएलगत्तै आन्दोलित मधेसी मोर्चा र भारतीय नाकाबन्दीबीच प्रधानमन्त्री भएका ओलीले यो बीचमा दुई छिमेकी भारत र चीनको भ्रमण गरिसकेका छन् ।

कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्प पिडीतलाई राहत उपलब्ध गराउन नसकेको तथा पुनर्निर्माण अभियानमा ढिलासुस्ती गरेको जस्ता आरोप वर्तमान सरकारमाथि लाग्दै आएको छ ।