
काठमाडौं, वैशाख १ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले शैक्षिक क्षेत्रको विकासबाट मात्रै परिवर्तन सम्भव हुने बताएका छन् ।
गणेश उच्च माध्यमिक विद्यालयको भवनको आज राजधानीमा शिलान्यास गर्दै युवा नेता थापाले शिक्षा क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताए ।
नेपालको शैक्षिक नीति परम्परागत भएको भन्दै थापाले नयाँ नीतिबाट अगाडि बढ्नुपर्ने खाँचो औंल्याए ।
भूकम्पले ध्वस्त भएको काठमाडौंको हात्तीगौंडास्थित गणेश उच्च माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्