
काठमाडौं, वैशाख १ । काठमाडौंमा बस्दै आएका ताजपुरिया समुदायले बुधबार हिलेजात्रा मनाएका छन् ।
हरेक वर्ष नयाँवर्षको दिन झापा, सुनसरीलगायतका पूर्वी नेपालका जिल्लाहरुमा बस्ने ताजपुरिया समुदायले हिलेजात्रा मनाउने गर्दछन् ।
तीनकुनेमा आयोजना गरिएको सो जात्रामा ताजपुरिया समुदायका युवा–युवती तथा बालबालिकाहरुले एकापसमा हिलो छ्यापाछ्याप गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्