
काठमाडौं, वैशाख १ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुको आन्दोलन अब राजधानी केन्द्रित हुने बताएका छन् ।
काठमाडौंमा बुधबार हामीसँग कुरा गर्दै उनले आन्दोलन देशभर गर्ने तर त्यसको केन्द्र सिंहदरबार हुने बताए ।
नाका केन्द्रित आन्दोलन गर्दा सरकारले नसुनेका कारण काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
आफूहरु अझैपनि वार्ताका लागि तयार रहेको भन्दै सरकारले माग सम्बोधनको ठोस प्रस्ताव ल्याउनुपर्ने माग उनले दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्