
हेटौंडा, जेठ ४ । मकवानपुर प्रहरीले कुखुराको दाना लोड गरिएको ट्रकबाट १२० किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार राति हेटौंडा उपमहानगरपालिका–११, नवलपुरबाट दाना बोकेको ट्रक र चालकलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
प्रदेश नम्बर–३ प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा निगरानी गर्दा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना३ख ३७१५ नम्बरको ट्रकमा बोरामुनि लुकाएर ल्याउँदै गरेको गाँजा फेलापरेको हो ।
प्रहरीले ट्रकचालक मकवानपुर, राक्सिराङका २८ वर्षीय सुकुलाल थिङ र सोही ठाउँका ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्