१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


खोटाङ बस दुर्घटनाका मृतक सबैको सनाखत (नामावलीसहित)


0
Shares

युवराज रोइला/इमेज
खोटाङ, वैशाख १ । खोटाङको बर्खेटारमा मंगलबार भएको यात्रुबस दुर्घटनाका मृत्यु हुने सबैको सनाखत भएको छ ।

मृतकहरुमा खोटाङका १५, उदयपुरका ७, सोलुखुम्बुका २ र बाराका एकजना रहेको प्रहरी जनाएको छ ।

जसअनुसार खोटाङ डिकुवा–६ का ३८ वर्षीय मेजर राई, खार्मी–५ की ५० वर्षीया मीत्रकुमारी राई, च्यास्मिटार–८ का २४ वर्षीय सुरेन्द्र राई, बाकाचोल–४ की २२ वर्षीया ममिता राई, राखाबाङ्देल–४ की २४ वर्षीया सुस्मा राई, दिक्तेल नगरपालिका–१४ का १८ वर्षीय सन्तोष कटवाल, बाक्सिला–७ का २६ वर्षीय प्रदीप राई, च्यास्मिटार–३ का १८ वर्षीय रविन राई, सोही स्थानका ४८ वर्षीय खम्बशेर राई, दिप्सुङ–९ का ४७ वर्षीय गोविन्द तिम्सिना, खार्ताम्छा–८ का २३ वर्षीय सइकुमार राई, राखावाङ्देल–९ की ३२ वर्षीया लक्ष्मी राई, याम्खा–७ का ६० वर्षीय भैरव राई र निर्मलीडाँडा–३ की ३५ वर्षीया विमला राईको मृत्यु भएको हो ।

यस्तै, खोटाङको बाकाचोल–४ माइत भइ सोलुखुम्बु जिल्लाको सोताङ घर भएकी २८ वर्षीया दिलकुमारी राई, उदयपुरको थानागाउँ–१ का ५१ वर्षीय नीरबहादुर कार्की, बाँसबोटे–३ का १८ वर्षीय युवराज राई, रुपाटार–३ का १८ वर्षीय भाजुनारायण श्रेष्ठ, थानागाउँ–२ का २५ वर्षीय मनोज सुनुवार, सोही स्थानका ३५ वर्षीय होमबहादुर सुनुवार, ताम्लिछा–५ की ३० वर्षीया शान्ताकुमारी राई, उनका अढाइ वर्षीय छोरा ओमश्री राई, सोलुखुम्बु, पञ्चन–१ का २२ वर्षीय सोम सुन्दास र बसचालक बारा, निजगढका ३८ वर्षीय अर्जुन उप्रेतीको पनि मृत्यु भएको छ ।

मृतकहरुको शव जिल्ला अस्पतालमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

मृतकहरुमध्ये ताम्लिछा–५ की ३० वर्षीया शान्ताकुमारी राई, उनको अढाइ वर्षीय छोरा ओमश्री राई, र बाकाचोल–४ की २२ वर्षीया ममिता राई, राखाबाङ्देल–४ की २४ वर्षीया सुस्मा राई को शव हेलिकोप्टरबाट गाउँ लगिएको छ भने अरु मृतकको शव गाउँ पुर्‍याउन यातायात व्यवसायी संघ खोटाङले ट्याक्टरको व्यवस्था गरेको छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । गम्भीर अवस्थाका २३ जनालाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको र ८ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।