
काठमाडौं, वैशाख २ । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हाल्दैछिन् ।
नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले महिला नेतृत्व पाएको यो पहिलो अवसर हो ।
उमेर हदका कारण प्रधानन्यायाधीशबाट कल्याण श्रेष्ठ सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।
कार्कीले आजदेखि मुद्दाको इजलास तोक्नेलगायतका न्यायिक तथा प्रशासनिक कामकारबाहीको नेतृत्व गर्नेछिन् ।
संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरे पनि संसदीय सुनुवाई हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्