
फिदिम, वैशाख २ । वैदेशिक रोजगारीमा रहेका एक युवाको सहयोगमा पाँचथरको मेची राजमार्गअन्तर्गत फिदिम–जोरपोखरी सडक खण्डको भारपामा पर्ने डापेकिलेबाट मानेडाँडा निम्न माध्यमिक विद्यालयसम्म पुग्ने मोटर बाटो निर्माण भएको छ ।
साउदी अरबमा होटल व्यवसाय गरिरहेका युवा श्री लिम्वूको विषेश सहयोगमा बाटो निर्माण गरिएको हो । मानेडाँडा निमाविमा एक कार्यक्रमबीच बाटो उद्घाटन गरिएको छ । लिम्बुको उदाहरणीय कामको स्थानीयले प्रशंसा गरेका छन् ।
लिम्बुले झण्डै २७ लाख रुपैयाँ सहयोग गरेपछि यो बाटो निर्माण भएको हो । बाटो बनेपछि यहाँका सर्वसाधारण र विद्यार्थीलाई सहज रुपमा हिँडडुल गर्न तथा यहाँ उत्पादित अदुवा, कुचो निर्यात गर्न सजिलो भएको छ ।
प्रतिक्रिया दिनुहोस्