५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


संविधान विरोधी शक्तिलाई परास्त गर्ने प्रधानमन्त्रीको दाबी


0
Shares

काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने बताएका छन् ।

बालुवाटारमा युवासंघ नेपालको ज्ञापनपत्र बुझ्दै उनले नयाँ संविधान गतिशील दस्तावेज भएकाले यसको अपमान सैह्य नहुने बताए ।

आपसी संवादको माध्यमबाट कतिपय चित्त नबुझेका विषयमा सहमती खोज्न सकिने उनको भनाई थियो ।

प्रधानमन्त्री ओली पुनर्निर्माण अभियानलाई तिब्र बनाउन युवाहरुलाई परिचालन गरिने पनि बताए ।

युवासंघ नेपालले बदलिँदो राष्ट्रिय कार्यभारलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।