५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


देउवाद्वारा मधेसी मोर्चालाई वार्तामा आउन आह्वान


0
Shares

काठमाडौं, वैशाख २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत् मधेसी मोर्चालाई वार्ताद्वारा समस्याको समाधान खोज्न आह्वान गरेका छन् ।

भारतको संविधान निर्माता डा. भीमराव अम्बेडकरको एक सय २५औं जन्मजयन्तीको अवसरमा भारतीय दूतावासले विहीबार राजधानीमा गरेको कार्यक्रममा देउवाले सबै पक्षलाई लचिलो भइ वार्ताबाट समस्या समाधान गर्न आग्रह गरे ।

कार्यक्रममा भारतीय राजदूत रणजित रायले भर्खरै स्वतन्त्र भएको भारतका फरक–फरक स्वार्थ भएका समूह तथा जातीय, धार्मिक, साम्प्रदायिक समूहहरुलाई मिलाएर संविधान बनाउने काममा डा. अम्बेडकर सफल भएको धारणा राखे ।

कार्यक्रममा डा. अम्बेडकरको जीवनीसम्बन्धी डकुमेन्ट्रीसमेत देखाइएको थियो ।