१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


मोर्चा फेरि आन्दोलनको तयारीमा


0
Shares

काठमाडौं, वैशाख २ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फेरि आन्दोलन गर्ने भन्दै छलफल अघि बढाएको छ ।

मोर्चाको विहीबार राजधानीमा बसेको बैठकले आन्दोलनको कार्यक्रमअन्र्तगत् नै वैशाख ६ गते काठमाडौंमा बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

सबै सरोकारवालाहरुसँग मागकोबारेमा छलफल गर्ने र राज्यलाई दबाब पुग्ने नीतिअनुसार त्यसो गर्न लागिएको मोर्चाले जनाएको छ ।

६ गतेको अन्तरक्रियापछि आन्दोलनका कार्यक्रमबारे सोच्ने पनि मोर्चाले जनाएको छ ।

मधेसी मोर्चाले सीमांकन परिवर्तनको मागलाई मुख्य मुद्दा बनाएर आन्दोलन गर्दै आएको छ ।

मोर्चाले अबको आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउने जनाएको छ ।