
ताप्लेजुङ, वैशाख ३ । ताप्लेजुङ र संखुवासभामा बुधबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभा सिसुवाखोला–१ का ४४ वर्षीय चन्द्रकुमार राई र ताप्लेजुङ नगरपालिका–४ की ७२ वर्षिया बिष्णु माया राजभण्डारी रहेका छन् ।
राईको खाँदबारी बजारबाट बुधबारेतर्फ सामान लिएर आउने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो भने राजभण्डारी घरमै बसेको अवस्थामा चट्याङ लागेको प्रहरी चौकी सिसुवाखोला र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
चट्याङ लागेर सिसुवाखोलामा अन्य तीन जना सामान्य घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्