
काठमाडौं, वैशाख ३ । नेकपा एमाले केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिने भएका छन् ।
अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल हिजै सकिएको थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावललगायतले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए ।
त्यस क्रममा नेताहरुले सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका थिए । त्यसैगरी पार्टीभित्रको एकता बलियो बनाउन, गुटबन्दी अन्त्य गर्न र संस्थागत रुपमा पार्टी चलाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले सरकारलाई प्रभावकारी रुपमा काम गर्न सुझावसमेत दिएका थिए ।
अध्यक्ष ओलीले जवाफ दिएपछि आजै एमाले केन्द्रीय बैठक सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्