१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


चुरेभावरले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


0
Shares

काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका मधेसीलगायतका दलसँग सरकारले छिट्टै वार्ता गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आज बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री ओलीले असन्तुष्ट दलहरुसँग वार्ताका लागि सरकारले तयारी गरिरहेको बताए ।

उनले आन्दोलनबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै वार्ताको विकल्प नभएको पनि बताए । नाकाबन्दी, धर्ना र आन्दोलन जस्ता कृयाकलापबाट जनताले दुःख पाउने भन्दै प्रधानमन्त्री ओलीले सरकारले आन्दोलनमा जानुपर्ने परिस्थिति सिर्जना हुन नदिने बताए ।

प्रधानमन्त्री ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका मागप्रति सरकार गम्भिर रहेको भन्दै सकारात्मक मागलाई सम्बोधन गर्ने आश्वासन दिए ।

चुरेभावर पार्टीले भने विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, न्यायालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, जातीय नामाकरण हुने गरी प्रदेश सीमांकन गर्न नहुनेलगायतका १४ बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ ।