१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


११ लाख बालबालिका अझै विद्यालय जानबाट बन्चित (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, वैशाख ३ । अभिभावकले नै नपठाएका कारण ११ लाख बालबालिका विद्यालय जान नपाएको शिक्षा विभागले जनाएको छ ।

अभिभावकले बालबालिकालाई काममा लगाउने गरेका कारण उनीहरु विद्यालय जान नपाएको विभागले जनाएको छ ।

सरकारले सबैका लागी आधारभूत शिक्षा भन्दै १२ वर्षदेखि विद्यालय भर्ना अभियान सुरु गरेपनि अझै ११ लाख बालबालिका विद्यालय जानबाट बन्चित रहेका छन् ।

सविधानको धारा ३१ मा ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा हक’ भनेर उल्लेख गरिएको छ ।

शिक्षालाई मैलिक हककोरुपमा राखेर सबैलाई आधारभूत शिक्षा प्रदान गर्ने भनिए पनि ११ लाख बालबालिकालाई विद्यालयसम्म ल्याउन न त शिक्षा मन्त्रालय अग्रसर छ न त शिक्षा विभाग नै ।

सरकारले ‘हामी सबैको इच्छा सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारासहित यो वर्ष पनि भर्ना अभियान सुरु गरेको छ । हाल ९६ दशमलव ६ प्रतिशत बालबालिकामात्र विद्यालय जाने गरेका छन् ।

तर, सरकारी अधिकारीहरु भने गरिबीका कारण बालबालिका विद्यालय भर्ना हुन नसकेको भन्दै पन्छिने गरेका छन् ।

विशेषगरी पिछडिएका समुदायका बालबालिका विद्यालय जान सकिरहेका छैनन् । चेपाङ, दनुवार, धानुक, झागड, बोटे, राउटेलगायतका समुदायका बालबालिका विद्यालय जानबाट बन्चित छन् ।

महोत्तरी, सर्लाही, कपिलवस्तु, जुम्ला, रौतहट, रोल्पा, अछाम, कन्चनपुर, सुर्खेत, बाँके र काठमाडौंलगायतका १५ जिल्लाका धेरै बालबालिका विद्यालय जान पाएका छैनन् ।

त्यसैगरी, भक्तपुरका विभिन्न इँटा भट्टामा काम गर्ने बालबालिकालाई पनि विद्यालयसम्म पुर्‍याउन सकिएको छैन । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः