
काठमाडौं, वैशाख ३ । आन्दोलनरत् मधेसी दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै गत ६ दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय समितिको छैटौं बैठक शुक्रबार सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि आएका सुझाव समेटेर सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको छ ।
बैठकले समसामयिक १९ ओटा प्रस्ताव पनि पारित गरेको छ ।
पार्टीले संविधान बमोजिम प्रादेशिक संरचनामा जाने सैद्धान्तिक निर्णय गरेको प्रचार विभागका प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्