
काठमाडौं, वैशाख ४ । ब्रिटेनमा आफ्नै छोरीको हत्या अभियोगमा जेलमा रहेकी आमामाथि सात महिने छोराको पनि हत्या गरेकामा सजाय सुनाइएको छ ।
सन् २००३ मा सात महिने बालक छोराको शव ‘इस्ट सक्सेस’स्थित उनकै घरमा भेटिएको थियो ।
३७ वर्षीया लेस्ली डनफर्डले मार्चमा आफ्नो दोष स्वीकारेकी थिइन् । उनले सन् २०१२ मा तीन वर्षीया छोरीको हत्या गरेकोमा दोषी ठहर गर्दै अदालतले सात वर्षको सजाय सुनाएको थियो ।
छोराको हत्या गरेको पुष्टि भएसँगै अब लेस्लीलाई आजीवन काराबासको सजाय सुनाइएको छ ।
छोरी लूसीको हत्यामा सजाय काटिइरहेकी लेस्लीले छोराको हत्या पनि आफैंले गरेको स्वीकार्दै त्यसप्रति पश्चाताप भएको बताएकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्