२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


महायज्ञमा पुगिन् हिमानी


0
Shares

काठमाडौं, वैशाख ४ । काठमाडौंको बुढानीलकन्ठ नगरपालिकास्थित च्यासिङ्टोलमा गरिएको महायज्ञ शनिबार सम्पन्न भएको छ ।

गत चैत २६ गतेदेखि सुरु भएको रामचरित्र मानस नवाह महायज्ञ विधिवतरुपमा सम्पन्न गरिएको हो ।

महायज्ञको अन्तिम दिन शनिबार पूर्वयुवराज्ञी हिमानी शाह सहभागी भइन् । महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता थियो ।

महायज्ञबाट संकलित रकम सामाजिक कार्यमा लगाउने आयोजकले जनाएको छ ।

महायज्ञमा रामचरित्र मानस श्रवणकासाथै भजन–कीर्तनसमेत गरिएको थियो ।