३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


कांग्रेसले चाहँदैमा बहुमत प्राप्त सरकार ढल्दैन : दाहाल


0
Shares

कृष्ण बोहोरा/इमेज
जुम्ला, वैशाख ४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने आधार नभएको बताएका छन् ।

रिपोर्टर्स् क्लब शाखा जुम्लाले शनिबार गरेको साक्षात्कारमा अध्यक्ष दाहालले कांग्रेसले चाहँदैमा बहुमत प्राप्त सरकार नढल्ने बताएका हुन् ।

उनले केपी ओली नेतृत्वकै सरकारमा कांग्रेसलाई पनि सहभागी गराउन भने आफूले पहल गरिरहेको जानकारी दिए ।

अध्यक्ष दाहालले संविधान घोषणा गर्न एक भएका राजनीतिक शक्तिहरु कार्यान्वयनका लागि पनि एक हुन आवश्यक भएकोमा जोड दिए ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित मधेसी दलहरु एकै ठाउँमा आएर संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।

मधेस आन्दोलनले उठाएका केही माग संविधान संशोधनपछि सम्बोधन भएको र अन्य विषय पनि छलफलबाटै टुंगो लगाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीका समस्या सम्बोधन गर्न आफू भ्रमणमा आएको जानकारी दिए ।

उनले यहाँका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर बुझ्न आफू आएको र अध्ययन गरिरहेको पनि बताए ।